मनसँग म



झस्नग झस्किए ,
अतितका सम्झना र पुराना यादले
रुनु या हाँस्नु ,
पत्तै पाइन।
आँखाबाट आँसु त्यत्तिकै बहन थाले
मनलाई सम्हालें ,
आफु त्यसै सम्हालिएँ।

मनले सोध्यो ,
"यो के गरेकी तैँले ?"
"बाटो बिराइस भने ?"
मनलाई सम्झाएँ,
एकछिनको खुशी  
त खोजेकी हूँ मैले।

मनले प्रतिवाद गर्यो,
"यो गलत हो "
प्रतिउत्तरमा भनेँ मैले ,
"म खुशी छु अहिले। "

मन ले शंका गर्यो ,
एकछिन मौन भएँ ,
र मनलाई  भनेँ ,
कति बाँधेर राख्नु  तिमीलाई
जाऊ  तिमी ,
छैनौ कैद अब ,
तिमी उड,
माया गर ,
संसारको पर्वाह नगर।

मेरो मनमा अब मेरो अधिनमा छैन ,
केहि नभन मलाई
अहिले मेरो मन
मेरो छैन।

Comments

  1. aba chahi kehi hola ajsto chha haii..maya gara aasu :)

    ReplyDelete
  2. Lol.. Niru, mayalu ta ma sadhai thiye ni... kohi navettiyera po eklo chu... ;)

    ReplyDelete
  3. Replies
    1. @aayusa mann dulcha ni kata kata kaile kahi.. :p

      Delete

Post a Comment

Popular Posts