मनसँग म
झस्नग झस्किए ,
अतितका सम्झना र पुराना यादले
रुनु या हाँस्नु ,
पत्तै पाइन।
आँखाबाट आँसु त्यत्तिकै बहन थाले
मनलाई सम्हालें ,
आफु त्यसै सम्हालिएँ।
मनले सोध्यो ,
"यो के गरेकी तैँले ?"
"बाटो बिराइस भने ?"
मनलाई सम्झाएँ,
एकछिनको खुशी
त खोजेकी हूँ मैले।
मनले प्रतिवाद गर्यो,
"यो गलत हो "
प्रतिउत्तरमा भनेँ मैले ,
"म खुशी छु अहिले। "
मन ले शंका गर्यो ,
एकछिन मौन भएँ ,
र मनलाई भनेँ ,
कति बाँधेर राख्नु तिमीलाई
जाऊ तिमी ,
छैनौ कैद अब ,
तिमी उड,
माया गर ,
संसारको पर्वाह नगर।
मेरो मनमा अब मेरो अधिनमा छैन ,
केहि नभन मलाई
अहिले मेरो मन
मेरो छैन।

aba chahi kehi hola ajsto chha haii..maya gara aasu :)
ReplyDeleteLol.. Niru, mayalu ta ma sadhai thiye ni... kohi navettiyera po eklo chu... ;)
ReplyDeleteBaba!! Kata gayecha ta mann?
ReplyDelete@aayusa mann dulcha ni kata kata kaile kahi.. :p
Delete