19th Jan 2017 Sunset
मुसुक्क हाँसिन् , अनि लुसुक्क लजाईन्,
आज प्रकृति सारै राम्री थिईन्,
अन्जान मान्छेबाट तारिफ पाए पछि
उनि थरर्र काँपिन।
गुलाबी बाट सुनौलो भईन्,
अनुहार धपक्कै बल्ने गरि ,
अन्जान मान्छेले खिचिक्कै तस्विर लिए पछि ,
उनि केहि नबोलि मुस्कुराईरहिन्।
विस्तारै साँझ ढल्दै गयो,
उनि पनि विस्तारै विलिन हुदैँ गईन ,
भोलि फेरि भेट होला न होला ,
उनि अँध्यारो रातमा अस्त भईन्।
To the West: The sunset today was amazingly beautiful. |
The view in the east wasn't bad as well!! |

हैट्!यो पो हो तरीका। 😊 गज्जब।
ReplyDelete