अतित




अहिले जति सुकै दावा गरेपनि पछि त्यो भित्तामा झुन्ड्याउने फोटोफ्रेम जस्तै हुने छु,
कहिले कहीँ आखाँ पर्ने छ तिम्रो म तिर
अनि मुस्कुराउने छौ तिमी मुस्सुक्क।

वर्षमा एक दुई पटक त्यसलाई साफ पनि गरौला
र बितेका पलहरूलाई सम्झ्यौला,
फेरि म त्यो भित्तामा सजिने छु,
र पुन: म तिम्रो अतित हुनेछु॥

Comments

  1. वाह वाह वाह वाह! क्या बात छ। :पि

    ReplyDelete

Post a Comment

Popular Posts