आफ्नो जिन्दगी आफैँ बनाएँ।



म न त भगवान् लाई पूज्ने फूल भएँ ,
न शिर मा सिउरिने शृंगार हुन सकें ,
न त मलाई माहुरी र पुतलीले नै अपनाए ,
न घर सज्जालाई गमलामा रोपिएँ। 

म त जंगल र घारीमा उम्रिएं, 
मल-जल बिना आफैँ सर्लक्किए 
मलाई घाँस भनेर हेपे के भयो त ?
आफ्नो जिन्दगी आफैँ बनाएँ,
अर्काको भर  म कहिले पर्नु परेन । 

Comments

Popular Posts