मेरो धर्म





कहिलै नदेखेको भगवान् लाई पुज्नु मेरो आस्था हो ,
ढुंगा र  फोटालाई मनोकामना  पूरा होस भनि व्रत बस्नु मेरो इक्षा हो,
मन्दिर गएर फूल अक्षेता चढाउनुलाई म धर्म भन्दिन
तर देवता सामु शिर झुकाउनु मेरो विश्वास हो।


मेरो धर्म मेरो आवश्यकता होइन,
प्रभु लिला मा रमाउनु मेरो चाहना हो
म न आस्तिक, न नास्तिक हूँ
तर कहिलै नदेखेको भगवान् लाई पुज्नु मेरो आस्था हो। 

Comments

Popular Posts