१० वर्षसम्म गुम्सिएका भावना


१० वर्ष अघि मधेश आन्दोलनको नाम मा जे भएको थियो त्यसको घाउ मेरो मनमा आलै छ।  मधेस र मधेसीको लागि भनेर गरिएको आन्दोलनले हामीलाई उठिबास गराउदा सम्म हाम्रो लागि चुइक्क बोलिदिने कोहि थिएन। अहिले फेरि १० वर्ष पछि समय फर्किएको छ र फेरि दोष हामी माथि नै थुप्रिएको छ।  

सात वर्षको भाई स्कूल विदा भए पछि फर्किएर आउने हो कि होइन टुङ्गो हुन्न थियो।  आफ्नै घरमा कारागारमा बन्दीलाई थुने जसो गरि कैद भएर बस्नु पर्थ्यो।  हाम्रो दिदी बहिनीलाई अनाहकमा गाली गरिन्थ्यो।कति गाली त मैले आफ्नै लागि सुने। हाम्रो बाउ बाजे जन्मिएर सिर्जना गरेर हामी पनि हुर्किएको ठाउँमा अचानक हामीलाई आफ्नो जिउ- ज्यान को धरौटी तिर्नु पर्ने भयो। त्यहाँको हावामा साँस फेरेको पनि मूल्य निर्धारण गरियो हाम्रो लागि।  हिजो सम्म साथि र छिमेकी भन्ने हरु ले समेत " यी पहाडिया छे "  भनेर ट्याग लगाइदिए।  

के त्यो ठाउँ हाम्रो लागि त्यति नै आफ्नो थिएन जति आफूलाई "मधेसी"  भन्ने हरूको थियो? के जातले बाहुन भए पनि हामी मधेसमा जन्मिएका हकले मधेसी थिएनौ ? कि हाम्रा पुर्खाहरु पहाडबाट झरेर गल्ती गरे कि भारतको बाटो भएर तराईमा बसोबास नगरेर हामीलाई पुरै टोल नै रित्तिने गरेर आफ्नै ठाउँबाट खेद्दा पनि सबैले "हो , यो पहाडिया हो, यसलाई यस्तै ठिक छ" भनेर हाम्रो अवस्था देखेर पनि आँखा थुनियो ?

१० वर्ष पछि मेरो साथिले मलाई प्रश्न गर्यो, "आखिर तिमी राजविराज कहिले पनि आउँदिन  भनेर किन भन्छौ?" कसरी भनूँ म वा कसरी बुझ्छ मेरो आफूलाई "मधेसी" भन्न रुचाउने त्यो साथीले  कि राजविराजले अब मलाई तितो याद मात्रै दिन्छ भनेर। मेरो घर, आँगन र त्यहाँ बिताएका यादहरूको लागि मैले कत्रो ब्याज तिर्नु पर्यो भनेर सायद मेरो मित्रले बुझ्दैन होला।  

तपाईहरु लाई नै यो प्रश्न, के हामी पनि त्यति नै मधेसी थिएनौ जति हाम्रो साह छिमेकी थिए ? के हाम्रो  पनि राजविराजमा बस्ने त्यति नै अधिकार थिएन जति मेरो चौधरी मित्र को थियो ? किन मधेस आन्दोलनको नाम मा हाम्रो घरमा मात्रै ढुंगा फ्यालियो जब हाम्रा मण्डल छिमेकीको घरमा केहि भएन ? किन हाम्रै ठुलोबुवा को अपहरण गरियो र हामीले डरमा दिन- रात बाच्नु पर्यो  तर हाम्रा दास मित्रहरु रातमा आरामको निद्रा सुत्ने गर्थे ? किन श्रेष्ठ सरको पसलमा मात्रै आगो लाग्यो तर त्यहि पसल भएको यादव दाजुको घर सुरक्षित रहयो ? के हामी पनि त्यति नै बाहुन थिएनौ जति मेरी झा मित्र थिईन?

आखिर गल्ति हाम्रो कहाँ भएको थियो कि हामीलाई हेयको दृष्टिले हेर्न थालियो? म त सबैसँग बराबरको मित्रताको भावना राख्थे। जहाँ सम्म मलाई याद छ मेरो बाबाले पनि कहिले पनि , कसैलाई पनि "त मधेसी " भनेर हेप्नु भएको थिएन। होला, हजुरबुवाको पालोमा दमन भएको थियो होला तर हामीले त कहिले पनि भेदभाव गरे जस्तो लाग्दैन।  हामी त जुन सुकै चाड पर्व मनाउँदा पनि हाम्रा महेन्द्र मण्डल अंकल , हिरण अंकल, गजेन्द्र दास अंकललाई सद्भावपूर्ण सादर निमंत्रण गर्थ्यौ।   मेरा लागि मेरा यादव,गुप्ता , दास , चौधरी, साह, मेहेता, महतो ,झा मित्रहरु त्यति नै प्यारा थिए जति मेरा बस्नेत , निरौला , श्रेष्ठ , अधिकारी, अर्याल  आदि मित्र थिए। 

अनि किन हामीलाई कुकुर लखेटिए झैँ गरेर लखेट्दा पनि कसैले हाम्रा लागि बोलेन? किन हामीलाई आफ्नै ठाउँमा दुश्मन जस्तो व्यवहार गरियो? अहिले त्यो परिवेश सम्झंदापनि आङ सिरिङ्ग हुन्छ।  

यो मेरो उत्तर मेरो मित्रलाई। म राजविराज नजानु को कारण। 

अनि १० वर्ष पछि फेरि देशमा दशा लाग्दा मेरो अर्को मित्र ले मलाई सोधिहाल्यो, "आसु अहिले नेपाल मै भएको भए तिमी पनि मधेसी , धोतिहरू" भन्थ्यौ होला भनेर। म हाँस्नु आफ्नो साथीको विध्वता देखेर या  रुनु आफ्नो साथीको कुरा सुनेर।  म गजधम्म भएँ, अक्क न बक्क परें। आखिर जे गरे पनि दोष हाम्रै रहेछ क्यारे सोचेँ।  "भैया र धोती " भन्दा रिसाउने हाम्रो साथीहरूले पक्कै पनि सबै पहाडिया भनाउदालाई "बाहुन" या "बाजे " पक्कै भने होला।  या कसै कसैले "आलु ,भन्टा कोभि -बाहुन बाजे लोभी " पनि भने होला।  मैले पनि भने।  किन ढाट्नु ? तर त्यो बाल्यकालको कुरा हो जब हामी "खड्का -बम पडका " वा "दास -कांटे घास " भनेर एक अर्का लाई खिस्सी गर्थ्यौ।  यो कुरा भन्न हुन्न भन्ने बुद्धि आए पछि त कहिले मुख बाट यि कुराहरु  निकाले जस्तो लाग्दैन।

मधेसी कै हक अधिकारको कुरो गर्ने हो र हामीले शोषण गरेको भए त्यो मुसहर टोलमा बस्ने झलीबाली र करियालाई तपाईहरू ले पनि आफ्नो घरभित्र पस्न दिनु हुन्न थियो। आखिर शोषक त हामी सबै रहेछौ।    

तर अब पनि कोहि "मधेसी " भन्न रुचाउने मित्रहरुलाई हामीले वहाँहरुलाई सौता जस्तो व्यवहार गरे जस्तो लाग्छ भने आफ्नै मनमा हाथ राखेर एक छिन सोच्नु - "हामीलाई आफ्नै जन्मभूमिबाट उठिबास हुनु पर्दा हामीलाई कस्तो भएको थियो होला?" रातारात घर-बार छोडेर अहिले न घर का न घाटका हुँदा सम्म पनि हामी माथि नै औँला ठडाइन्छ भने मलाई भन्नु केहि छैन।  

Comments

  1. Your words are magical, aasey paasey

    ReplyDelete
  2. Replies
    1. Thanku Shuraz dai.. Msy be my awful experience helped me to write good.

      Delete
  3. OMG...!!! It was very hard to read the lines... Needs a great heart to think and write. Proud to see all this. God bless all of us who are the victims like you n me.

    ReplyDelete
  4. even i m from that place n i can totally comprehend.. these are all political propaganda which are triggered when they sense stability. esto kura ma mass chittai jutcha !! hamilai haak adhikar pugena rey but i dont know k adhikaar pugeyna?? hamiley vote halda 'one' hune ra 'aru ley' halda "half" hune ho ra ? god bless all !!

    ReplyDelete
  5. Wow Ashata, I am impressed!! how beautifully and strongly you have presented your feelings, your thoughts and your pain.Keep it up!

    ReplyDelete
    Replies
    1. Thank you very much Manisha didi... Compliment from you is the happiest feeling.. :)

      Delete
  6. आस्था दहाल बहिनीको गुनासो जायज हो । घृणाले घृणा समाप्त गर्न सकिदैन । घृणाको संसकार एउटा पुस्ताबाट अर्को पुस्तामा सार्नु पनि हाम्रो २१औ शताब्दीका भावी पुस्ता प्रति अन्याय हो । एक अर्का प्रति समभाव र् सदभाव कायम गर्दै अगाडी बढ़न सके मात्र हामी सुखी र खुशी भएर बाँच्न सफल हुनेछौ ।

    ReplyDelete
  7. Your anger towards the sick people who did unwanted things against those living here is right. But please don't ever think that there r many people who think hatred towards pahadis is right. I too have many pahadi friends and I miss them, care for them and love them same as madhesi friends. There r people who think what happened was not right. The younger generation of madheshis don't think bad of pahadis. I still have my neighbours, they are shrestha. Our family members respect them. We even meet them now. Actually now they don't stay there , but they often come to Rajbiraj. Beleive me there r many people who still want them to come back and live normally. There are bad people in every religion, caste, community, society. This doesn't mean that we should blame the each of them. I know one and only thing let us be together and create beleif upon each other. Because if we give love then there is more chances of getting back love only but there is less chances of getting love in return if we hate someone.

    ReplyDelete
    Replies
    1. Thank you @nischay but as said, these are purely my feelings not an allegation towards anyone...That was what we experienced at that point of time and nobody stood for us from your community.. We had to leave our birthplace.. I don't think you can ever understand the feeling when you are a displaced person from your own place. We couldn't fight against them because they were powerful and we were not. I have my memories from Rajbiraj but also bitter experiences. I hope no one has to ever face the situation again. Thank you for your love for Pahadis. I don't want segregation as Madhedis and Pahadis but that's what we have learnt from our society I guess.

      Delete

Post a Comment

Popular Posts