उनि ?

आँखा ??
मृगनयन थिएनन् ,
तर
चन्चल थिए।
सारा संसार समेट्ने
अथाहा सपना थिए।

ओठ ??
कोमल थिएन,
तर
हँसिलो थियो।
संसार भरि माया छर्ने,
सदाबहार मुस्कान हुन्थ्यो।

र उनि ??
अप्सरा थिइनन् ,
साधारण मनुष्य थिईन्।
अटुट माया प्रेमले पूर्ण,
साक्षात देवी थिईन्।

Comments

Popular Posts