सपनाको पोको
सायद सपनाको पोको बोकेर आएको थियो होला ऊ आफ्नो घरबाट। अनि त्यही पोकोलाई फिजाएर बस्छ ऊ हरेक बिहानी जडिबुटीको त्यो सडकमा साँझ नहुन्जेलसम्म। अरनिको राजमार्गमा गुडेका गाडीको धुँवा र धूलो खाँदै त्यो बाटो भई गुज्रिने हरेक यात्रुलाई नियाल्छ ऊ आफ्नो सपनाको पोको अगाडि राखेर। धेरै मध्येका धेरै थोरै पैदलयात्रीले उसको त्यो सपनाको पोको माथि नजर लगाउँछन् र ति मध्येका धेरै थोरैले मात्रै उसको सपनाको पोकोको मूल्य लगाएर उसको सपनाका फूललाई टुसा दिन्छन्।
तर, यो झरिको मौसममा उसको सपनामाथि त्यति बेला तुषारोपात बर्सन्छ जब बिग्रिएको छाताले ऊ आफ्नो सपनाको पोकोलाई अकस्मात् परेको झरिबाट जोगाउने प्रयत्न गर्छ।
(I ended up writing this when I was travelling to Bhaktapur from Koteswor during heavy rain while a man with his broken umbrella was trying to save his items of his small on-road shop in Jadibuti.)

Comments
Post a Comment