ओहो काठमाडौँ!!! (प्रसङ्ग: म काठमाडौँ प्रवेस गर्दाका मेरा भावना)

काठमाडौँ मैले कस्तो पुरानो देखें,
तारै तारले जेलिएको नरकंकाल पाएँ,
सुकेर खंग्रिएको काठमाडौँको अवतार पो देखें,
ओहो! काठमाडौँ मैले कस्तो रोगी पो देखें l 


जता त्यतै गगन चुम्ने राजमहलहरु देखें,
फोहोर नै फोहोरको थुप्रो भित्र पो काठमाडौँलाई पाएँ,
काठमाडौँ ले थेग्नै नसक्ने सवारी साधन को चाप देखें,
ऐय्या ऐय्या भन्दै रोएको काठमाडौँलाई देखें l 


गन्तब्यमा पुग्न हतार मानिसहरुको भीडलाई देखें,
मानिसहरुको भीडले रित्तिएको पो काठमाडौँलाई पाएँ,
रित्तिएको शहरमा अनगिन्ति सपना हरु देखें,
ओहो! काठमाडौँलाई मैले कस्तो बिचारो देखें l 

(Sometimes I also feel like writing poems :D)

Comments

Popular Posts